सत्ता गठबन्धन कार्यदल बैठक : सिट बाँडफाँटको मोडालिटीबारे सकारात्मक छलफल

173
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/satta-gathabandan-sit-badfad-768×408.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/08/satta-gathabandan-sit-badfad.webp 1000w” sizes=”(max-width: 500px) 100vw, 500px” />

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका लागि सहमतिको मोडालिटीबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको कार्यदल बैठक सकिएको छ ।

बिहीवार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा सहमतिको मोडालिटीबारे सकारात्मक छलफल भएको बताइएको छ ।

‘सिट बाँडफाँटको सहमतिका लागि मोडालिटी बनाउनेबारे आज छलफल भएको छ । छलफल सकारात्मक भयो’, कार्यदलका सदस्य देव गुरुङले भने ।

कार्यदलमा आज छलफल भएको विषयमा पाँच दलले आ–आफ्नो पार्टीभित्र पनि छलफल गर्ने बताए । गुरुङका अनुसार कार्यदलको अर्को बैठक साउन ३० गते बस्ने छ ।

कमेन्ट गर्नुहोस्