अझै बजेट पेश गरेनन् ६३ वटा स्थानीय तहले 

183
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/sthaniya-th.webp 766w” sizes=”(max-width: 500px) 100vw, 500px” />
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै ६३ वटा स्थानीय तहले चालु आर्थिक वर्ष २०७९/८० को बजेट पेश नगरेको बताएको छ ।

मन्त्रालयका अनुसार कुल ७५३ स्थानीय तहमध्ये हालसम्म ६९० वटाले मात्र चालु आर्थिक वर्षको बजेट पेश गरेका छन् ।

हालसम्म बजेट पेश नगर्ने स्थानीय तहमा प्रदेश नं.१ का ३, मधेस प्रदेशका ३९, बागमती प्रदेशका ४, लुम्बिनी प्रदेशका १०, कर्णाली प्रदेशका ३ र सुदूरपश्चिम प्रदेशका ४ वटा रहेका छन् ।

गण्डकी प्रदेशका सबै स्थानीय तहले बजेट पेश गरिसकेको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्