
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले आफू नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग आउने संघीय निर्वाचनमा भिड्न तयार रहेको बताएका छन् ।
जसलाई देशको विकास गरोस् भनेर सत्तामा पुर्याएको तर उसैले देशमा प्रतिगमन गरेको र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउँन आफूहरु सडकमा लड्नुपर्ने अवस्था आएको तर विधि र पद्दति भएकाले स्वतन्त्र उम्मेदवारहरुले जसरी उम्मेदवार घोषणा गर्दै हिड्न नमिल्ने बताए ।
ओलीसँग निर्वाचन लड्न आफू तयार भएकाले गठबन्धनले आफूलाई टिकट दिओस् भन्ने कुरा आफू आबद्ध माओवादी केन्द्र पार्टीमा कुरा पनि राखेको दाबी गरेका छन् ।
‘‘यदि जनताले मलाई मत नदिएर हराएर केपी शर्मा ओलीलाई अनुमोदन गरेको खण्डमा उखान–टुक्का भनेर व्यङ्ग्य गरेर बिभिन्न आराप र टिकाटिप्पणी गर्दिन, सहर्ष स्वीकारर्ने छु ।’’
उनले एक टेलिभिजनमा अन्तर्वार्ता दिदैं भने-‘‘ मैले जहाँ यो देशले प्रतिगमनको सामना गर्नुपर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि बचाउन सडकमा लड्नुपर्ने र जोबाट चाहि हामीले देशको विकास र समृद्धिको अपेक्षा गरेका थियौ, उसले विकास र समृद्धिको विरुद्ध धावा बोल्यो, मैले पार्टीलाई भनेको छु, म ओलीको निर्वाचन क्षेत्रबाट लड्न चाहान्छु ।
गठबन्धनले मलाई टिकट दिओस्, मैले भनिसकेको छु । गठबन्धनलाई पनि मैले भनिसकेको छु । तर हामी विधि र पद्दतिमा छौं, अब यहाँ कतिपय स्वतन्त्र उम्मेदवारहरुले घोषणा गरे जस्तो घोषणा गर्दै हिड्न मिल्दैन ।
जनताले मलाई हरायो भने, जनताले मलाई मत दिएन भने र ओलीलाई अनुमोदन गर्यो भने, मैले कुनै आरोप र टिकाटिप्पणी यो बिभिन्न उखान–टुक्का भनेर व्यङग्य गर्ने छैन् । सहर्ष स्वीकारर्ने छु ।

arthasanjal.com/wp-content/uploads/2022/08/Ranjit_Tamang_Op-1024×601.webp 1024w, 





