नेपालमा एक वर्षमा २० करोडको विभिन्न प्रकारका बल भित्रन्छ

Share:
arthasanjal.com/wp-content/uploads/2022/08/ball-1024×683.webp 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/ball-768×512.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/08/ball-1536×1024.webp 1536w, arthasanjal.com/wp-content/uploads/2022/08/ball-2048×1365.webp 2048w” sizes=”(max-width: 450px) 100vw, 450px” />

नेपालमा एक वर्षमा करिव २० करोड रुपैयाँको विभिन्न प्रकारका बल भित्रिने गरेको पाइएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा १९ करोड ९८ लाख ४५ हजार रुपैयाँको विभिन्न बलहरु नेपालले आयात गरेको छ ।

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा ती बलहरु नेपाल भित्रिएका हुन् । गत आर्थिक वर्ष ३५ लाख २९ हजार रुपैयाँको २८ हजार ८८० वटा गल्फ बल नेपालले आयात गरेको थियो ।

सोही समयमा ५५ लाख ८ हजार रुपैयाँको ८८ हजार ५३६ वटा लन टेनिस बल नेपाल भित्रिएको देखिन्छ । गत वर्ष मात्र नेपालमा ८ करोड ८ लाख ५६ हजार रुपैयाँमा ७ लाख २० हजार ९७६ वटा इनफ्लटेबल बल भित्रिएको विभागले जनाएको छ ।

यस्तै, उक्त अवधिमा बिभिन्न प्रकारका बल (गल्फ, टेवल टेनिस, लन टेनिस, इनफ्लटेबल) शिर्षकमा १० करोड ९९ लाख ५२ हजार रुपैयाँमा १५ लाख ५ हजार ३०७ वटा बल नेपालले आयात गरेको छ ।

कमेन्ट गर्नुहोस्