नेपालको जलस्रोत ऊर्जासँग मात्रै जोडिन हुँदैन : ओली

Share:
arthasanjal.com/wp-content/uploads/2022/05/KP_Sharma_Oli_OP-1-1024×597.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/05/KP_Sharma_Oli_OP-1-768×448.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/05/KP_Sharma_Oli_OP-1-368×216.jpg 368w, arthasanjal.com/wp-content/uploads/2022/05/KP_Sharma_Oli_OP-1.jpg 1200w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नेकपा एमालेका अध्यक्ष केपी शार्मा ओलीले नेपालमा भएका सम्पूर्ण प्राकृतिक स्रोतसाधनको समुचित प्रयोग हुन नसकेको बताएका छन् । डा. द्वावारिकानाथ ढुंगेलको पुस्तक ‘चक्रब्यूहमा नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक कार्यक्रममा यस्तो बताएका हुन् । राष्ट्रहित अनुकुल हुँदै यी साधान स्रोतको प्रयोग गर्नु पर्ने उनको भनाइ छ ।

कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली सत्ताहितको लागि राष्ट्रहितलाई तिलाञ्जली दिने प्रवृत्ति देखिएको बताए । उनले कार्यक्रममा पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टले राष्ट्रहितमा देखाएको र चालेको कदमको प्रशंसा पनि गरे ।

यस्तो गलत प्रवृत्तिको सधै विरुद्धमा रहनु पर्ने बताए । कार्यक्रममा उनले पुस्तकले नेपालको जलस्रोतलाई उर्जासँग मात्रै नजोडेर विश्वभर खानेपानी आपुर्तिको रुपमा पनि व्याख्या हुनुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्