आईएमई पे एपको टप–अपमा नयाँ क्यासब्याक अफर अद्यावधिक

Share:
arthasanjal.com/wp-content/uploads/2022/08/ime_pay_rechargotsab22_PHsfSvh7Vb-768×441.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/ime_pay_rechargotsab22_PHsfSvh7Vb.jpg 800w” sizes=”(max-width: 500px) 100vw, 500px” />

आईएमई पेले मोबाइल रिचार्जमा नयाँ अफर अद्यावधिक गरिएको छ। आईएमई पे एपले दैनिक उपभोग्य सेवाहरूको भुक्तानीको साथै अन्य सम्पूर्ण किसिमको भुक्तानी तथा पैसाको लेनदेन सरल बनाउँदै आएको छ।

यसै सेवामा थप प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ आईएमई पेले मोबाइल रिचार्जमा थप २ प्रतिशत क्यासब्याकको अफर ल्याएको छ।आईएमई पे एपमा दर्ता भएको आफ्नै मोबाइल नम्बरमा टप–अप गर्दा ५ प्रतिशत क्यासब्याक पाउने सुविधा थियो। यस अफरको साथ अब सेवाग्राहीहरुले आइएमई पे एपबाट कुनै पनि मोबाइल नम्बरमा टप–अप गर्दा २ प्रतिशत क्यासब्याक पनि पाउनेछन्।

यस क्यासब्याक अफरलाई अझ रमणीय बनाउन कम्पनीले एक जना भाग्यशाली विजेतालाई यस अभियानको पहिलो महिनामा ‘वान प्लस टेन प्रो’ स्मार्टफोन पनि उपलब्ध गराउनेछ। सोको निम्ति सेवाग्राहीले महिनाभर कम्तीमा ५० को १० टप–अप गर्नुपर्ने नियम तथा शर्त कम्पनीले प्रस्ट्याएका छन्।

कमेन्ट गर्नुहोस्