प्रोग्रेसिभ फाइनान्सका संस्थापकले ८ लाख ३२ हजार कित्ता सेयर बिक्री गर्दै

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Progressive-Finance-768×505-1.png 768w” sizes=”(max-width: 456px) 100vw, 456px” />
प्रोग्रेसिभ फाइनान्सका केही संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ८ लाख ३२ हजार ६३२ कित्ता सेयर बिक्री गर्ने भएका छन् ।

यसको मूल्य भने खुलाइएको छैन । यसमा, प्रोग्रेसिभकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र निवेदन दिनुपर्नेछ ।

यसअवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्