
आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठकमा प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनको मितिबारे छलफल हुने बताइएकाे छ ।
यसअघि निर्वाचन आयोगले सिफारिस गरेको मितिबारे आज छलफल गरेर निष्कर्षमा पुग्ने तयारी रहेकाे स्रोतले बताएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारले निर्वाचन सार्न लागिएको बताउँदै आएको छ । निर्वाचन आयोगले आगामी मंसिरको ४ गतेको लागि निर्वाचनको मिति सिफारिश गरेको छ ।
कमेन्ट गर्नुहोस्