काठमाडौंमा चिनियाँ नागरिकले सञ्चालन गरेका कल सेन्टरमा प्रहरीको छापा, २० भन्दा बढी पक्राउ

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/call-center-768×417.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/call-center.jpg 920w” sizes=”(max-width: 500px) 100vw, 500px” />

काठमाडौंमा चिनियाँ नागरिकले सञ्चालन गरेका कल सेन्टरमा प्रहरीले छापा मारेको छ । काठमाडौं प्रहरी परिसर, नगर प्रहरी र प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले तीनकुने र गैह्रीगाउँका तीन ठाउँका कल सेन्टरमा छापा मारी कागजात नियन्त्रणमा लिएको छ ।

कल सेन्टरबाट एक चिनियाँसहित २० भन्दा बढीलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । उनीहरुले कल सेन्टर सञ्चालन गरेर अवेध धन्दा गरेको प्रहरीले दाबी गरेको छ । परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार यस सम्बन्धमा अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार काठमाडौं उपत्यकाका अन्य स्थानमा पनि गैरकानुनी रूपमा कल सेन्टर सञ्चालन गरेको आशंकामा सादा पोसाकसहितको टोली निगरानीमा खटाइएको छ ।

यसअघि आइतबार रुपन्देहीको तिलोत्तमास्थित जानकीनगरमा भारतीय लगानीकर्ताहरुले चलाएको कल सेन्टरमा पनि प्रहरीले छापा मारेको थियो । ब्लु स्काई बिजनेस सोलुसन प्रालि नामक कल सेन्टरबाट अश्लील म्यासेज पठाउने, चिठ्ठा पर्‍यो भनी ठगी गर्ने काम भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

कमेन्ट गर्नुहोस्