
चितवनको भरतपुरमा श्रीमानले श्रीमतीलाई धारिलो हतियार (खुकुरी) प्रहार गरी हत्या गरेका छन् ।
भरतपुर महानगरपालिका–१० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादका कारण आफ्नै श्रीमती ३५ वर्षीय रुष्मा आचार्य घिमिरेलाई आइतबार राती करिब साढे १० बजेको समयमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
खुकुरी प्रहार गर्ने निजको श्रीमान सोही तीन तला माथीबाट हाम फाली भाग्न खोज्दा श्रीमानको पनि मृत्यु भएको अधिकारीले बताए । हाम फालेर भाग्न खोज्दा गम्भिर घाइते भएका कृष्णप्रसादको चितवन मेडिकल कलेजमा उपचारका क्रममा राती ११ बजे मृत्यु भएको उनले बताए ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/07/khukuri-1024×576.jpg 1024w, 






