प्रावधान सजिलो बनाउने नाममा नागरिकता बेच्न हुँदैन : लालबाबु पण्डित

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Lalbabu_Pandit-1024×683.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/Lalbabu_Pandit-768×512.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Lalbabu_Pandit.jpg 1200w” sizes=”(max-width: 450px) 100vw, 450px” />

नेकपा एमालेका सांसद लालबाबु पण्डितले नागरिकता दिने प्रावधान सजिलो बनाउने नाममा बेच्न नहुने बताएका छन् । नागरिकतासम्बन्धी ऐन पहिलो संशोधन विधेयकमाथिको संशोधन प्रस्ताव पेश गर्दै उनले यस्तो बताएका हुन् ।

‘नागरिकता लुरुलुरु आयो, खुरुखुरु आयो भन्ने हिसाबले पनि बुझ्नुहुँदैन । दोहोरो नागरिकता कुनैपनि हालतमा सम्भव छैन’, पण्डितले भने, ‘नेपालमा जाली प्रमाण दिएर नागरिकता लिनेहरुको सरकारले खारेज गर्दै आएको छ । वैवाहिक अंगिकृतलाई ७ वर्षको प्रावधान राख्नुपर्छ ।’

सांसद पण्डितले नेपाली चेली भारतमा विवाह गरेर जाँदा उनीहरुलाई सात वर्ष कुनुपर्ने त्यहाँ व्यवस्था भएको भन्दै हामीले त्यो भन्दा छिटो कसैलाई नागरिकता दिन जरुरी नभएको बताए ।

कमेन्ट गर्नुहोस्