अमेरिकाले युक्रेनलाई पठाएकाे शक्तिशाली हतियार नष्ट गरेकाे रुसकाे दाबी

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/himars-768×555.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/himars.jpg 795w” sizes=”(max-width: 415px) 100vw, 415px” />

रुसको रक्षा मन्त्रालयले शुक्रबार आफ्नो सेनाले जुलाई ५ देखि २० को बीचमा अमेरिकाले युक्रेनलाई उपलब्ध गराएको चार वटा हिमार्स रकेट प्रणाली नष्ट गरेको जनाएको छ ।

दैनिक ब्रिफिंमा रक्षा मन्त्रालयले भनेकाे छ, ‘अमेरिकी निर्मित मल्टिपल प्रक्षेपण रकेट प्रणाली (हिमार्स) का चार वटा लन्चर र एउटा यातायात लोडिङ गाडी नष्ट गरिएको छ ।’

पश्चिमी मुलुकहरुले रुसविरुद्धको युद्धमा प्रयोग गर्नका लागि युक्रेनलाई उच्च गतिशीलता आर्टिलरी रकेट प्रणाली (हिमार्स) उपलब्ध गराएको छ ।

किभले युक्रेनमा आठ हिमार्सको आगमनलाई युद्धको क्रममा सम्भावित गेम चेन्जरको रूपमा स्वागत गरेको छ ।

अधिक सटीक यी उन्नत हतियारहरूको अन्य तोपखाना प्रणालीहरू भन्दा लामो दायरा क्षमता छ । यसले किभलाई रुसी लक्ष्य एवं रुसी लक्ष्यभन्दा परसमेत प्रहार गर्ने सामर्थ्य दिन्छ ।

चार हिमार्स लन्चर नष्ट गरेको रुसको दाबीलाई अन्य स्वतन्त्र स्रोतले भने पुष्टि गर्न सकेको छैन ।

कमेन्ट गर्नुहोस्