राष्ट्रपति भण्डारीद्वारा उत्तरगयामा पूजाअर्चना

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/bhandari-768×403.jpeg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/bhandari.jpeg 1000w” sizes=”(max-width: 500px) 100vw, 500px” />

राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेत्रावतीस्थित उत्तरगयाधाम पुगेर पूजाअर्चना गरेकी छन् । नुवाकोट र रसुवाको सीमामा रहेको उक्त धाममा पूजा गर्नाका साथै धामको अवस्था बारेमा उनले जानकारी लिएकी हुन् ।

राष्ट्रपति भण्डारीले रसुवा उत्तरगया गाउँपालिका–५ मा रहेको राममन्दिर र विष्णु पादुकामा पूजा गरेकी थिइन् । मन्दिर क्षेत्रमा उपस्थित जनप्रतिनिधि र स्थानीय अगुवाका कुरा सुनेपछि उनले उत्तरगया क्षेत्रको विकासका लागि आफ्नो ठाउँबाट पहल गर्ने र सङ्घीय सरकारलाई पनि जानकारी गराउने बताइन् । राष्ट्रपति भण्डारीले बेत्रावतीस्थल धार्मिक हिसाबले महत्वपूर्ण स्थान भएकाले यसको विकासमा चासो दिएकी थिइन् ।

उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले बेत्रावती क्षेत्रकोे बृहत विकासका लागि स्थानीय सरकारको स्रोत र साधनले नभ्याउने भएकाले सङ्घीय सरकारले नै गुरुयोजना बनाएर लगानी गर्नुपर्नेमा जोड दिँदै पहलका लागि राष्ट्रपतिसमक्ष आग्रह गरेका थिए । राममन्दिर संरक्षण समितिका अध्यक्ष सोमलाल लबटले राममन्दिरको गुठीलाई राजगुठी बनाउन पहल गरिदिन अनुरोध गरे ।

स्थानीयवासीले राष्ट्रपतिसमक्ष उत्तरगया क्षेत्रको विकासका लागि सरकारले चासो नदिएको, गल्छी–त्रिशूली–र सुवागढी त्रिदेशीय राजमार्गको निर्माणमा ढिलो भएको र स्थानीयवासीले मुआब्जासमेत नपाएको गुनासो गरेका थिए ।

राष्ट्रपति भण्डारीले उत्तरगयाधाम अवलोकन पछि विदुरस्थित सैन्य तालिम केन्द्रमा जिल्लाका सङ्घीय र प्रदेश सांसद, जिसस प्रमुखलगायत जनप्रतिनिधि र प्रशासन प्रमुखसँग जिल्लाको वस्तुस्थितिको बारेमा अनौपचारिक कुराकानीसमेत गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्