सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर १० खडगपुरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । सप्तरीको बोदेबरसाईन नगरपालिकाको वडा नं १० खडगपुर बस्ने खगेन्द्र यादवको घरमा बलिरहेको ग्यास सिलिन्डर पड्किएर घरमा आगलागी हुँदा लाखौंको धन सम्पति जलेर नष्ट भएको हो ।
आगालागीमा ८ क्विन्टल चामल २० क्विन्टल धान, चना १ क्विन्टल, तोरी ४० किलो, साईकल १ थान, सिलिन्डर ३ थान(सानो, ठुलो), १ लाख ५० हजार नगद, सुन ३तोला र चाँदी ३ किलो डढेर नष्ट भएको स्थानीयले बताएका छन् ।
एकै साथ तीन सिलिन्डर पडकेर आगलागी हुँदा आगो निभाउने क्रममा तीन स्थानीय घाईते भएका छन। घाइते हुनेहरूमा कारी दास, महेश यादव, धिरेन्द्र यादव रहेका छन् ।
कमेन्ट गर्नुहोस्