पर्वतमा करेण्ट लागेर वडा सदस्यको मृत्यु

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/mirtu-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/mirtu.jpg 976w” sizes=”(max-width: 500px) 100vw, 500px” />
पर्वतमा करेण्ट लागेर वडा सदस्यको मृत्यु भएको छ । जिल्लाको विहादी गाउँपालिका–१ बाच्छाका ३९ वर्षिय दिपक गुरुङको शनिबार दिउँसो करेण्ट लागेर ज्यान गएको हो ।

गुरुङको घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेण्ट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले बताए ।

मृतक गुरुङका दुई छोरी र एक छोरा र श्रीमती रहेका छन् । उनी गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट सदस्यमा विजयी भएका थिए ।

कमेन्ट गर्नुहोस्