
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका सबै तह र बिद्यामा शैक्षिक सत्र २०७८/७९ समुह (ब्याच)का लागि नयाँ शुल्क निर्धारण गरेको छ । गत जेठ १७ बसेको आयोगको निर्णय अनुसार चिकित्सा शिक्षाका सबै तहमा र बिद्यामा ३.६ प्रतिशतले बृद्धी गरिएको उपसचिव मेघनाथ शर्माले जानकारी दिए ।
उपत्यका भित्र एमवीवीएस (डाक्टर) पढनका लागि ४१ लाख ६८ हजार ९० शुल्क निर्धारण गरिएको छ भने उपत्यका बाहिर डाक्टर पढन ४५ लाख ९५ हजार ७ सय २० शुल्क निर्धारण गरिएको छ । उता, नर्सिङ पढनका लागि १० लाख निर्धारण गरेको आयोगले जनाएको छ ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/06/Doctor-medical-768×510.gif 768w” sizes=”(max-width: 452px) 100vw, 452px” />






