गोठ भत्किँदा एक बालिकाको मृत्यु

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/mirtu-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/mirtu.jpg 976w” sizes=”(max-width: 500px) 100vw, 500px” />
दाङको घोराहीमा गोठ भत्किँदा शनिबार एक बालिकाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका–९ निवासी इब्राहिम मियाकी दुई वर्षीया छोरी अबिता खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

गोठ भत्किएर चोट लागेपछि गम्भीर घाइते बालिकाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्