लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/High-Court-Surkhet.webp 624w” sizes=”(max-width: 500px) 100vw, 500px” />

उच्च अदालत सुर्खेत जुम्ला इजलासले चालु आर्थिक वर्ष २०७८/०७९ को असार ३१ गतेसम्म लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गरेको छ ।

अदालतले वार्षिक ६७ प्रतिशत मुद्दा फछ्र्योटको लक्ष्य राखेकामा १२५.५५ प्रतिशत मुद्दा फछ्र्योट गरेको हो । अदालतले पत्रकार भेटघाट कार्यक्रममार्फत चालु आर्थिक वर्षको असार मसान्तसम्म १८० थान मुद्दा फछ्र्योटको लक्ष्य राखेकोमा २३१ मुद्दा फछ्र्योट गरेको तथ्याङ्क सार्वजनिक गरेको हो ।

उच्च अदालत सुर्खेत जुम्ला इजलासका मुख्य न्यायाधीश श्रीमणकुमार गौतमले लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गरिएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्