देशका अधिकांश ठाउँमा मौसम सफा रहने

Share:
arthasanjal.com/wp-content/uploads/2022/05/Mausam_Aajako_Din_Pani-1024×683.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/05/Mausam_Aajako_Din_Pani-768×512.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/05/Mausam_Aajako_Din_Pani.jpg 1200w” sizes=”(max-width: 450px) 100vw, 450px” />

नेपालको मनसुनमा अल्पकालीन ब्रेक लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

मनसुनी वायुको प्रभाव घटेसँगै देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

हाल प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्यता बदली रहेको छ । ती प्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहे पनि भारी वर्षाको भने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

आज (शनिबार) दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली हुँदै मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । देशका पहाडी भू-भागका केही स्थानहरुमा  र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शनिबार राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि मौसम सामान्यता सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र  गण्डकी प्रदेशका थोरै र अन्य प्रदेशका एक-दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्