हिन्दु परम्पराअनुसार रेमनले गरे विदेशी प्रेमिकासँग विवाह

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/reman-1024×462.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/reman-768×346.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/reman.jpg 1300w” sizes=”(max-width: 500px) 100vw, 500px” />

अभिनेता तथा टेलिभिजन होस्ट रेमनदास श्रेष्ठले बिहे गरेका छन् । बिहीबार उनले आफ्नो विदेशी प्रेमिका जेना मुड्रासँग बिहे गरेका हुन् । उनीहरूले हिन्दु परम्पराअनुसार बिहे गरेका छन्। सार्वजनिक तस्बिरमा जेना रातो सारीमा देखिएकी छन्। उनीहरूको बिहेमा नजिकका आफन्त र केही कलाकार सहभागी थिए । रेमन र जेना लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।

रेमनले भिजा गर्ल, जाइरा, द ब्रेकअप, जालो, आधा लभ, मेघा र कर्कशु फिल्ममा अभिनय गरेका छन् । उनी रियालिटी शो हिमालय रोडिजका होस्ट हुन् ।

कमेन्ट गर्नुहोस्