
मुगुमा कुखुरा बाेकेकाे बोलेरो जीप दुर्घटनामा परेकाे छ । बिहीबार दिउँसो साढे दुई बजेतिर छायानाथ रारा नगरपालिका-४ रारा विमानस्थल नजिकैकाे हिलाम्ये सडकमा जीप दुर्घटनामा परेको हो ।
जीपमा पाँच सय ६७ वटा कुखुरा थिए । त्यसमध्ये चार सय ५० वटा कुखुरा मरेकाे जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।
नेपालगञ्जबाट मुगुको लागि ब्रोइलर कुखुरा लिएर आएको जीप सडकमा अचानक पल्टेकाे थियाे ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/07/Accident-1-768×518.jpg 768w, 






