युक्रेनमा युद्ध लडेका बेलायती सैनिकलाई मृत्युदण्ड दिने तयारी

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/mercenaries.png 634w” sizes=”(max-width: 489px) 100vw, 489px” />

पूर्वी युक्रेनबाट छुट्टिएको घोषणा गरेको डोनेत्स्क जनगणतन्त्रले पक्राउ परेका दुई बेलायती सैनिकहरूलाई मृत्युदण्ड दिने तयारी गरेको छ ।

आइडन आस्लिन र शन पिन्नर युक्रेनी सेनामा भर्ती भई रुसविरुद्ध लडिरहेका थिए । उनीहरूलाई अप्रिल महिनामा रुसी सैनिकहरूले मरिउपोल नजिक पक्राउ गरेका थिए ।

डोनेत्स्कका अधिकारीहरूले बेलायती सैनिकहरूलाई झुण्ड्याउने ठाउँ खोजिरहेको बताएका छन् । ती बेलायतीहरूलाई सामूहिक गोली हानेर (फायरिङ स्क्वाडमार्फत) मृत्युदण्ड दिइने बताइएको छ । मृत्युदण्डको मिति घोषणा गरिने छैन ।

डोनेत्स्क जनगणतन्त्रका प्रवक्ता डेनिस पुशिलिनले बताए, ‘सबैथोक तयार छ । घटना सार्वजनिक गरिने छैन ।’ एक रुसी सांसदले मृत्युदण्ड दिन लागिएका बेलायतीहरूलाई बेलायती हतियारले नै मारिने बताएका छन् ।

कमेन्ट गर्नुहोस्