
जापान टाइम्सका अनुसार आक्रमणकारी तेत्सुया यामागामीले आफूलाई रिस उठेको धार्मिक समूहमा आबद्ध एउटा स्थानमा घरेलु बन्दुकको परीक्षण गरेको थिए ।
आफ्नी आमाले उक्त संस्थालाई ‘ठूलो दान’ दिएको यामागामीले बताएका छन् । सिन्जो आबे पनि सोही संस्थामा आबद्ध रहेको आक्रमणकारीको विश्वास छ ।
शिन्जो आबेको हत्यापछि पुलिसले यामागामीको घरमा विस्फोटक पदार्थ र धेरै घरेलु बन्दुकहरू फेला पारेको थिगयो । फेला परेकामध्ये एउटा हतियार सिन्जो आबेको हत्या गर्न प्रयोग गरिएको थियो ।
आक्रमणकारीले बन्दुक बनाउने प्रयासमा बारम्बार युट्युब जाँच गरेको देखिएको नारा प्रिफेक्चर प्रहरीलाई उद्धृत गर्दै जापान टाइम्सले रिपोर्ट गरेको छ ।
शिन्जो आबेलाई गोली हान्नको लागि यामागामीले बनाएको बन्दुक यामागामी एक पटकमा ६ वटा क्षेप्यास्त्र प्रहार गर्न डिजाइन गरिएको विवरणहरूमा जनाइएको छ ।

arthasanjal.com/wp-content/uploads/2022/07/sinzo.jpg.jpg 650w” sizes=”(max-width: 488px) 100vw, 488px” />






