विश्वप्रकाशको प्रश्न : प्रधानमन्त्रीलाई सल्लाह दिन्छ कसले ?

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/bishwo-praksh-sharma-1024×516.png 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/bishwo-praksh-sharma-768×387.png 768w, arthasanjal.com/wp-content/uploads/2022/07/bishwo-praksh-sharma.png 1093w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई गलत सल्लाह दिने को हो ? भनेर प्रश्न गरेका छन् । बहुमत सदस्यको उपस्थितिमा संवैधानिक नियुक्ती गर्न सकिने प्रावधानसहित संवैधानिक परिषद्सबन्धी विधेयक दर्ता गरे पछि महामन्त्री शर्माले सो प्रश्न गरेका हुन् ।

उनले सो विधेयक तत्काल फिर्ता गर्न पनि माग गरेका छन् । ‘ओलिको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा सतप्रतिशत प्रष्ट छौं हामी’ शर्माले सामाजिक सञ्जालमा लेखेका छन, ‘संवैधानिक परिषद्सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दुःखद छ, प्रधानमन्त्रीको गम्भीर जवाफदेहीता जरुरी छ ।’

कमेन्ट गर्नुहोस्