
सरकार नेतृत्वकर्ता दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउनको पहिलो साता प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति घोषणा हुने जानकारी दिएका छन् । ललितपुमा सोमबार आयोजित कार्यक्रममा उनले ४ र ५ साउनमा बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मितिबारे निर्णय गर्ने जानकारी दिएका हुन् ।
आउने निर्वाचनका लागि तयारीमा छुट्न निर्देशन दिँदै महामन्त्री थापाले मतदातालाई मतदाता नामावलीमा नाम समावेश गर्ने कार्यमा पनि सहजीकरण गर्ने बताए । निर्वाचन आयोगले २ मंसिरमा एकैचरणमा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन गर्नेगरी मिति तोक्न सरकारसमक्ष सिफारिस गरिसकेको छ ।
कमेन्ट गर्नुहोस्