प्रचण्ड र गृहमन्त्री खाणबीच भेट, नागरिकता विधेयकबारे छलफल

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/prachanda-balkrishna-khan-768×448.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/prachanda-balkrishna-khan-368×216.jpg 368w, arthasanjal.com/wp-content/uploads/2022/07/prachanda-balkrishna-khan.jpg 1000w” sizes=”(max-width: 500px) 100vw, 500px” />

गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकबारे सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा सरकारले संसदमा पेश गरेको नागरिकता विधेयकबारे छलफल भएको गृहमन्त्री खाणको सचिवालयले जनाएको छ ।

सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधि सभामा दर्ता गरेको थियो । सरकारले त्यो प्रतिवेदन असार २४ गते फिर्ता लिएर त्यसै दिन अर्को विधेयक संसद् सचिवालयमा पेश गरेको छ ।

सोही विधेयकमा सहमति जुटाउनका लागिसरकारका तर्फबाट विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट गर्ने क्रममा आज माओवादी अध्यक्ष प्रचण्डसँग भेटघाट गरेको मन्त्री खाणको सचिवालयले जनाएको छ ।

आइतबार साँझ गृहमन्त्री खाणले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग उनकै निवास बालुवाटारमा भेटघाट गरेका थिए । नागरिकता सम्बन्धी नयाँ विधेयकले अहिले देखिएको नागरिकतासम्बन्धी समस्यालाई सम्बोधन गर्ने सरकारको विश्वास छ ।

कमेन्ट गर्नुहोस्