आईजीपी मुद्दाको फैसला आजै आउने सम्भावना

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/aa-768×384.jpeg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/aa.jpeg 850w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नेपाल प्रहरीको आईजीपी बढुवा सम्बन्धी मुद्दाको फैसला आज आउने सम्भावना छ । जवाफी बहस सकिएपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासले आज फैसला सुनाउने सम्भावना छ ।

आईजीपी नियुक्ति प्रकरणमा सर्वोच्च अदालतमा दायर रिटमाथि यसअघि २६ असारमा सुनुवाइ हुने भनिएको थियो । तर, हिजो बकर इदको बिदा परेकाले पेसी एक दिन सरेको हो । कानुनी व्यवस्थाअनुसार पेसी तोकिएको दिनमा सार्वजनिक बिदा परे त्यसको अर्को दिन मात्रै पेसी तोक्ने व्यवस्था छ ।

तर, यो प्रकरणमा भने सर्वोच्चले शुक्रबार नै पेसी सारेको थियो । सरकारले गएको १८ वैशाखमा धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेपछि अर्का आकांक्षी एआईजी विश्वराज पोखरेलले आफूमाथि अन्याय भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सो रिटमाथि पहिलो पटक २२ वैशाखमा सुनुवाइ भएको थियो । असार १९ मा सो रिटमाथिको बहस सकिएको छ । रिटमा पोखरेलका कानुन व्यवसायी, सरकारी पक्ष र आईजीपी सिंहका निजी कानुन व्यवसायीले बहस सकिसकेका छन् । अब फैसला आउन मात्र बाँकी हो ।

कमेन्ट गर्नुहोस्