आर्थिक संकटमा फसेको श्रीलंकाबाट साथीलाई सन्देश

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/letter-writing-1024×576.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/letter-writing-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/letter-writing-1536×864.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/07/letter-writing-2048×1152.jpg 2048w” sizes=”(max-width: 500px) 100vw, 500px” />

हामी स्वर्गमा थियौं, अहिले नर्कमा छौं । यसको प्रमुख कारण गलत राजनीति, गैह्रजिम्मेवार नेता, ती नेताले बनाएको गैह्रजिम्मेवार नीति, पारिवारिक राजनीति, तलदेखि माथिसम्म संस्थागत भ्रष्ट्राचार, असन्तुलित विदेश नीति, तिर्न नसक्ने ऋण र त्यसको दुरुपयोग तथा नेताले भ्रष्ट्राचार गर्दा पनि ताली बजाउने कार्यकर्ता हुन् । कोभिड त सहायक कारण मात्र हो ।

पहिले महंगीले आकास छोएको थियो । अहिले अभावले सागरको पिंध छोएको छ । आम नागरिकसँग पैसा छैन, पैसा भएपनि यहाँ काम छैन । सरकारले इन्धन, औषधि, खाद्यान्नजस्ता अत्यावश्यकीय चिज किन्न सकेको छैन । देशमै नभए पछि पैसा र कागजमा के फरक ? अहिले स्कुल बन्द छन्, कार्यालय घरबाट चलेका छन्, चर्को लोडसेडिङ छ, धनी व्यक्तिसमेत दाउरामा पकाएर एकछाक खाना खान्छन् । पेट्रोल पम्पमा सुरक्षाकर्मी छन्, तेल छैन ।

जनतामा आक्रोश यति बढेको छ कि उनीहरु यो अवस्था ल्याउने नेता, ठूला कार्यकर्ता, ठूला कर्मचारी, सांसद, मन्त्री आदिको घरमा आगो लगाउने, उनीहरुलाई लखेट्ने, उनीहरुको घरबाट लुटपाट गर्ने गरेका छन् । भर्खरै राष्ट्रपति भवन लाखौंले घेर्दा उनी राष्ट्रपति भागेका छन् । उनको बगैँचा र स्विमी पुलमा जनता आक्रोशको आगो शान्त पार्दैछन् । यस्तै हो भने यहाँ खान नपाएर, औषधि नपाएर हाम्रो सामुहिक मृत्यु हुनेछ ।

तिम्रो देशको सरकार कस्तो छ ? नेता कति इमान्दार र जिम्मेवार छन् ? कार्यकर्ता कति दास छन् ? राज्यको एकएक पैसाको सदुपयोग भएको छ कि छैन ? भ्रष्ट्राचार कस्तो छ ? सम्भावित आर्थिक संकटप्रति राजनैतिक, आर्थिक र प्रशाशनिक योजना के के छन् ? वैदेशिक मुद्राको संचिति बढाउने काम भएको छ कि छैन ? आयात घटाएर निर्यात बढाउने, पर्यटक ल्याउने, कानुनीरुपमा रेमिट्यान्स भित्र्याउने व्यवस्था छ कि छ्र्रैन ? यसको पक्षमा लविङ के कस्तो छ ? एउटा कुरा याद राख्नु, जब ठूलो संकटमा राष्ट्र फस्दछ, बाहिरी देशको सहयोग देखावटी मात्र हुन्छ ।

त्यसैले समयमै देशको अर्थतन्त्र बचाउने नेतृत्व स्थापित होस्, नीति बनोस्, कार्यान्वयन होस्अ । न्यथा ४/६ महिना अघिपछि मात्र हो, हाम्रो नियति धेरै देशले भोग्नेछन, अझ तिमीहरू त भूपरिबेष्ठित छौ । नेपालका नेता तथा ठूलाबडाको नियति हाम्रो देशका नेता तथा प्रशाशकजस्तो नहोस् । जोसँग अहिले केवल खरानीको थुप्रो छ ।

कमेन्ट गर्नुहोस्