प्रस्तावित नागरिकता विधेयक पारित भए ११ लाखलाई नागरिकता !

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/angikrit-nagarikta-1-768×545.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/angikrit-nagarikta-1.jpg 911w” sizes=”(max-width: 422px) 100vw, 422px” />

सरकारले प्रतिनिधि सभामा दर्ता गरेको नागरिकता ऐन संशोधन विधेयक जस्ताको तस्तै पारित हुँदा करिब ११ लाख नागरिकताविहीन नागरिकले नागरिकता पाउने दाबी गरिएको छ । महिला कानुन विकास मन्च (एफडब्लूएलडी)ले गरेकाे अध्ययनले साे दाबी गरेकाे हाे ।

एफडब्लूएलडीका कार्यकारी निर्देशक सविना श्रेष्ठका अनुसार एफडब्लूएलडीले आएको नागरिकता विधेयकका प्रावधान र नागरिकताविहीनहरूकाे समस्या केलाएर अध्ययन गर्दा करिब ११ लाख नागरिकताविहीनले नागरिकता प्राप्त गर्न सक्ने देखिएको छ ।

जन्मको आधारमा नागरिकता लिएकाको सन्तानहरूमध्ये पाँच लाख बढी नागरिकता लिन योग्य रहेको, तर कानुन अभावमा नागरिकता लिन नपाइरहेको तथ्यांक एफडब्लूएलडीको अध्ययनमा छ । आमाको नामबाट नागरिकता जारी हुँदा (बाबु पहिचान नभएको) नागरिकता लिन योग्य ६ लाख ८० हजारभन्दा बढी रहेको पनि एफडब्लूएलडीको तथ्यांक छ ।

जस्ताको तस्तै पारित भए करिब ११ लाखले नागरिकता प्राप्त गर्न सक्ने एफडब्लूएलडीको अनुमान छ । “सरकारले फास्ट ट्र्याकमा नागरिकता विधेयक पारित गरे थप ११ लाख नागरिकले मताधिकार प्रयोग गर्न सक्छन्,’ एफडब्लूएलडीका कार्यकारी निर्देशक श्रेष्ठले भने ।

कमेन्ट गर्नुहोस्