श्रीलंका संकट : शान्ति कायम गर्न सेना प्रमुखले खोजे जनताको समर्थन

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Army-Commander-Gen.ShavendraSilva1-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Army-Commander-Gen.ShavendraSilva1.jpg 800w” sizes=”(max-width: 500px) 100vw, 500px” />

आर्थिक संकट सामना गरेको श्रीलंकाका सेना प्रमुख जनरल सभेन्द्र सिल्भाले आइतबार शान्ति कायम गर्न जनताको समर्थन खोजेका छन् । जनरल शभेन्द्र सिल्वाले आज एक विज्ञप्ति जारी गर्दै वर्तमान संकटलाई शान्तिपूर्ण ढंगले समाधान गर्ने अवसर आएको बताए ।

उनले श्रीलंकालीहरूलाई देशमा शान्ति कायम गर्न सशस्त्र बल र प्रहरीलाई सहयोग गर्न आग्रह गरे । शनिबार राष्ट्रपति गोटाबाय राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शनकारीको ठूलो समूह राष्ट्रपति निवास प्रवेश गरेको थियो ।

प्रदर्शनकारी प्रवेश गर्न थालेपछि राष्ट्रपति राजापाक्षेलाई सुरक्षाकर्मीले सुटुक्क सुरक्षित क्षेत्रतर्फ लगेको थियो । राष्ट्रपतिले १३ जुलाईमा राजीनामा दिने घोषणा गरेका छन् ।

कमेन्ट गर्नुहोस्