दाङमा जंगली च्याउ खाँदा ६ जना बिरामी, तीन जनाको अवस्था गम्भीर

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/jangali-chyau-mashroom-768×508.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/jangali-chyau-mashroom.jpg 1000w” sizes=”(max-width: 453px) 100vw, 453px” />

दाङमा जङ्गली च्याउ खाँदा ६ जना बिरामी परेका छन् । शनिबार बिहान स्थानीय जङ्गलबाट च्याउ खोजेर ल्याएका उनीहरूले पकाएर खाएको केही समयमै बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

उनका अनुसार च्याउ खाँदा घोराही उपमहानगरपालिका–११ खैरा निवासी ४२ वर्षीय भोला बिसी, उनका छोरीहरू २० वर्षीया सोनु बिसी र १५ वर्षीया पविता बिसी छन् ।

त्यस्तै विषादी च्याउ खाएर घोराही–१२ हापुर निवासी ४२ वर्षीय लालबहादुर बस्नेत, उनका श्रीमती ४० वर्षीया शान्ता बस्नेत र छोरा १६ वर्षीया समिर बस्नेत पनि बिरामी परेको प्रहरीले बताएको छ ।

बिरामीहरू सबैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । लालबहादुरको परिवारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्