सानिमा बैंककाे शाखा नेपालटारमा

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Sanima_Bank_Op-1024×576.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/Sanima_Bank_Op-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Sanima_Bank_Op-1536×864.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/07/Sanima_Bank_Op.jpg 1920w” sizes=”(max-width: 500px) 100vw, 500px” />

सानिमा बैंकले काठमाडौंको नेपालटारमा पनि सेवा विस्तार गरेको छ । उक्त विस्तारित शाखाको उद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र बैंकका संचालक गायत्री थापाले असार १७ गते संयुक्त रुपमा गरेका हुन् ।

उद्घाटन् समारोहमा कलाकार श्रेष्ठ र बैंकका संचालक थापाले सानिमा बैंक सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना दिए ।

त्यसैगरी, उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंकको सेवालाई थप विस्तार गर्दै लैजाने बताए । हाल बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय र ११८ वटा एटीएम संचालनमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्