६ महिनादेखि १ वर्षभित्र विद्युतका पोल देखिदैनन् : कुलमान घिसिङ

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/kulman-dhising-by-sunita-dangol01-5_20190408125253-768×384.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/kulman-dhising-by-sunita-dangol01-5_20190408125253.jpg 1000w” sizes=”(max-width: 500px) 100vw, 500px” />

 नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अर्को महत्वपूर्ण घोषणा गरेका छन् । उनले आगामी ६ महिनादेखि काठमाडौंमा विद्युतको पोल र इन्टरनेटका तार हटाउन सुरु गरिने घिसिङले बताएका छन् ।

शुक्रबार इन्टरनेट सेवा प्रदायक, नेपाल दूरसञ्चार प्राधिकरणसहित विद्युत् प्राधिकरण समेतको सहभागितामा काठमाडौंमा आयोजित कार्यक्रममा एक वर्षभित्र विद्युतको पोल र इन्टनेरट तार हटाउन सुरु गरिने कार्यकारी निर्देशक घिसिङले बताएका हुन् ।

निर्देशक घिसिङले भने, ‘६ महिनादेखि १ वर्षभित्र हामी विद्युतका पोल हटाउँदैछौँ । त्यसपछि गम्भीर समस्या समस्या आउनसक्छ, तपाईंहरु प्राधिकरणले भूमिगत लाइनसँगै बिछ्याइएको फाइबर प्रयोग गरेर सेवा दिन सक्नुहन्छ ।’

विद्युत् पोल भाडाबारे विवाद झिक्न नहुने पनि उनले बताएका छन् । यस विषयमा सेवा प्रदायकसँग बसेर भाडा विषयमा छलफल गरेर सबै मिलेर समस्याको समाधान गर्नुपर्ने उनले बताए ।

उता नेपाल विद्युत प्राधिकरणले अर्को आशालाग्दो काम गरेको छ । प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज आइएक्स मार्केटमा प्रतिस्पर्धी दरमा खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत बिक्री गरेको छ ।

प्राधिकरणले गत १९ जेठदेखि देशभित्र खपत गरी जगेडा भएको वर्षायामको विद्युत भारतीय ऊर्जा एक्सचेन्जमा बिक्री शुरू गरेको थियो ।

नेपाल विद्युत् प्राधिकरणले भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणबाट ६ वटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्‌लाई स्रोत मानी ३६४ मेगावाट विद्युत् आईएक्स मार्केटमा बिक्री गर्न स्वीकृति पाएको छ।

जून महीनामा १७ करोड ८१ लाख ९१ हजार युनिट विद्युत् भारतीय बजारमा बिक्री गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले यस अवधिमा भारतमा बिक्री गरेको विद्युत्‌बाट सम्पूर्ण शुल्क कटाएर खुद रु. एक अर्ब ७२ करोड ३० लाख कमाएको छ । जूनमा प्रतिस्पर्धी बजारमा बिक्री गरिएको विद्युत्‌को औसत प्रति युनिट दर नौ रुपैयाँ ६७ पैसा छ ।

कमेन्ट गर्नुहोस्