सस्तोमा पेट्रोलियम पदार्थ किन्न भारतसँग अनौपचारिक छलफल सुरु

Share:
arthasanjal.com/wp-content/uploads/2022/03/petrol_pump-1.jpg 596w” sizes=”(max-width: 500px) 100vw, 500px” />

पेट्रोलियम पदार्थको चर्को मूल्यका कारण समग्र अर्थतन्त्रमै असर परेपछि भारतसँग सस्तोमा इन्धन खरिद गर्न नेपालले अनौपचारिक कुराकानीको थालनी गरेको छ ।

भारतले रसिया लगायतका मुलुकबाट सस्तोमा इन्धन किनेका कारण त्यस्तो इन्धन नेपाललाई दिन सक्छ कि भन्ने अनुमानमा कुराकानी अघि बढाएको उद्योग, वाणिज्य तथा आपूर्ति सचिव डा. गणेशप्रसाद पाण्डेयले बताए ।

इन्धनको मूल्यका कारण समग्र अर्थतन्त्रमा असर हुनबाट जोगाउन सरकारले अधिक प्रयास गरिरहेको भन्दै उनले भारतबाट सस्तोमा इन्धान खरिदमा गर्न सकिए मुलुकलाई ठूलो राहत मिल्ने बताए ।

सन् २०२० को जनवरीदेखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको कच्चा पदार्थको मूल्य वृद्धि हुँदा प्रशोधित इन्धनको मूल्यको मारमा मुलुक पर्दै आएको छ । इन्धनको मूल्य वृद्धिसँगै दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य बढ्दा महँगी ६ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ ।

कमेन्ट गर्नुहोस्