पुँजी बजार सुधारको माग राख्दै असार १ गतेदेखि आमरण अनसनमा बसेका लगानीकर्ता तिलक कोइरालाले अनसन तोडेका छन् । लगानीकर्ता कोइरालाले अघि सारेका ११ बुँदे माग सम्बोधन गर्न नेपाल धितोपत्र बोर्ड सहमत भएपछि उनले विगत १० गतेदेखि जारी अनसन तोडेका हुन् ।
बोर्ड अध्यक्ष रमेश हमालको हातबाट जुस खाएर उनले आमरण अनसन तोडे। आमरण अनसन तोडेपछि कोइरालाले पुँजी बजार सुधार र विकासका लागि गठन भएको संघर्ष समिति पनि विगठन भएको बताएका छन्।
सरकारले साढे ३ वर्ष अघि नै कार्यान्वयन गर्ने भनेका विषयहरु कार्यान्वयन नगर्दा अहिले पुँजी बजारमा गंभीर संकट आएको भन्दै १९ बुँदे मागसहित लगानीकर्ता कोइराला आमरण अनसनमा बसेका थिए ।
लगानीकर्ताको मागहरू सम्बोधन गर्न बोर्डले लगानीकर्ताहरुले भने बमोजिम नै कार्यान्वयन समिति गठन गर्ने सहमति गरेको हो ।
कमेन्ट गर्नुहोस्