कुनै पनि कम्युनिस्ट पार्टी विदेशीसामु लम्पसार पर्दैन : माधव नेपाल

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/Madhav_nepal-768×458.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/Madhav_nepal.jpg 800w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कुनै पनि कम्युनिस्ट पार्टी विदेशीसामु लम्पसार नपर्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै उनले कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनले देशभक्तिलाई महत्व दिने भन्दै विदेशीसामु लम्पसार पर्न नसक्ने बताए ।

‘कम्युनिस्ट पार्टीले देशभक्तिलाई महत्व दिन्छ, विदेशीसामु लम्पसार पर्दैन’, अध्यक्ष नेपालले भने, ‘विदेशीका सामु घुँडा पनि टेक्दैन, त्यस्तो पार्टी हामीले बनाउन खोजेका हौ ।’ उनले पार्टीलाई सही नीतिमा अघि बढाउनु अहिलेको प्रमुख चुनौती रहेको बताए ।

‘पार्टी बलियो छ भने पार्टी सहि नीतिमा अघि बढेको छ भने सबै खालका चुनौतीको सामना गर्न सकिन्छ’, अध्यक्ष नेपालले भने, ‘हामी राष्ट्र र राष्ट्रप्रतिको समर्पण भावबाट विचलित हुन सक्दैनौ ।’

कमेन्ट गर्नुहोस्