रुसी तेलको सबैभन्दा ठूलो आपूर्तिकर्ता चीन

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/china-russia-1024×583-1-768×437.jpeg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/china-russia-1024×583-1.jpeg 1024w” sizes=”(max-width: 500px) 100vw, 500px” />

युक्रेन युद्धबीच रुस चीनको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता बनेको छ । भन्सार तथ्यांकले उक्त जानकारी दिएको हो । युक्रेनमाथि आक्रमण गरेपछि मस्कोमाथिको प्रतिबन्धबीच मे महिनामा रुसबाट चीनको तेलको आयात ५५ प्रतिशतले बढेको छ ।

मे महिनामा चीनले रुसबाट करिब ८ दशमलब ४२ मिलियन टन तेल आयात गरेको थियो । पश्चिमा देशले जस्तो बेइजिङले रुसी हमलाको निन्दा गरेको छैन् ।

यसै वर्षको फेब्रुवरीमा चीन र रुसले दुई देशबीचको मित्रताको कुनै सीमा नभएको जनाएका थिए ।

यसबाहेक चिनियाँ राष्ट्रपति सी जिनपिङले गत हप्ता आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई बेइजिङले मस्कोको ‘सार्वभौमिकता र सुरक्षा’लाई समर्थन गर्ने आश्वासन दिएका थिए ।

रुसले युक्रेनमा आक्रमण गरेपछि पश्चिमा राष्ट्रहरूले मस्कोमाथि आर्थिक प्रतिबन्ध लगाएका छन् ।

कमेन्ट गर्नुहोस्