
सञ्चानरकर्मी रवि लामिछानेले आज मंगलबारदेखि सञ्चारकर्म त्यागेको घोषणा गर्दै राजनीतिमा होमिएको घोषणा गर्ने भएका छन् ।
केही दिनअघि नै सञ्चारकर्म त्यागेर राजनीतिमा होमिएको अनौपचारिक घोषणा गरिसकेको लामिछानेले मंगलबार आफ्नो राजनीतिक अभियानको औपचारिक घोषणा गर्दैछन् ।
लामिछानेले पार्टीकै घोषणा गरेर अघि बढ्ने अथवा कसरी भन्ने बारेमा पनि मंगलबार नै घोषणा गर्नेछन् । त्यसका लागि आज दिउँसो १ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम राखिएको छ ।
यसैबीच, लामिछानेले काठमाडौंको बसुन्धारामा आफ्नो सम्पर्क कार्यालय खोलेका छन् ।
लामिछानेले आगामी मंसिरमा हुने संघीय निर्वाचनमा उम्मेदवारी दिने जनाए पनि पनि कुन क्षेत्रबाट दिने भन्ने बारेमा भने अहिलेसम्म स्पष्ट पारेका छैनन् ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/06/rabi-lamichhane-1-1024×573.png 1024w, 






