रवि लामिछानेको राजनीतिक अभियान घोषणा आज

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/rabi-lamichhane-1-1024×573.png 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/rabi-lamichhane-1-768×430.png 768w, arthasanjal.com/wp-content/uploads/2022/06/rabi-lamichhane-1.png 1200w” sizes=”(max-width: 500px) 100vw, 500px” />

सञ्चानरकर्मी रवि लामिछानेले आज मंगलबारदेखि सञ्चारकर्म त्यागेको घोषणा गर्दै राजनीतिमा होमिएको घोषणा गर्ने भएका छन् ।

केही दिनअघि नै सञ्चारकर्म त्यागेर राजनीतिमा होमिएको अनौपचारिक घोषणा गरिसकेको लामिछानेले मंगलबार आफ्नो राजनीतिक अभियानको औपचारिक घोषणा गर्दैछन् ।

लामिछानेले पार्टीकै घोषणा गरेर अघि बढ्ने अथवा कसरी भन्ने बारेमा पनि मंगलबार नै घोषणा गर्नेछन् । त्यसका लागि आज दिउँसो १ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम राखिएको छ ।

यसैबीच, लामिछानेले काठमाडौंको बसुन्धारामा आफ्नो सम्पर्क कार्यालय खोलेका छन् ।

लामिछानेले आगामी मंसिरमा हुने संघीय निर्वाचनमा उम्मेदवारी दिने जनाए पनि पनि कुन क्षेत्रबाट दिने भन्ने बारेमा भने अहिलेसम्म स्पष्ट पारेका छैनन् ।

कमेन्ट गर्नुहोस्