मलेसियामा जारी एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ । किनरारा ओभलमा शनिबार कुवेतलाई २५ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।
नेपालले दिएको १ सय ८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो । कुवेतका लागि प्रियादा मुरालीले ३१ रन जोडिन् । यस्तै मारिमा हेदरले १५ तथा कप्तान आम्ना तारिकले १४ रन बनाइन्।
नेपालकी अश्मिना कर्माचार्य, सीता मगर, संगीता राई र इन्दु वर्माले एक एक विकेट लिए । त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित रहँदै सर्वाधिक ३४ रन जोडिन् । यस्तै इन्दु बर्माले अविजित २८ रन बनाइन् ।यस्तै ज्योति पाण्डेले १५ तथा बिन्दु रावलले ११ रन जोडिन् । सीता मगर र काजल श्रेष्ठले ५/५ रन जोडे । कुवेतकी मारिमा हेदरले २ तथा मार्यम ओमार र खादिजा खालिलले १/१ विकेट लिइन् ।
यस जितसँगै नेपालले २ खेलमा ४ अंक बटुलेको छ । समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो ।
arthasanjal.com/wp-content/uploads/2022/06/indu-barma-768×768-1-150×150.jpg 150w, arthasanjal.com/wp-content/uploads/2022/06/indu-barma-768×768-1.jpg 768w” sizes=”(max-width: 300px) 100vw, 300px” />
कुवेतले २ खेलमा १ अंक जोडेको छ । कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाले नतिजा विहीन बनेको थियो । अब नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ। च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टीट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।