‘एसपीपी राष्ट्रको हितमा छैन,अस्विकार गर्नुपर्छ’ :एमाले सचिव रायमाझी

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/Top-bahadur-rayamajhi-768×460.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/Top-bahadur-rayamajhi-770×463.jpg 770w, arthasanjal.com/wp-content/uploads/2022/06/Top-bahadur-rayamajhi.jpg 810w” sizes=”(max-width: 500px) 100vw, 500px” />

 नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले अमेरिकाको ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपीपी) मा नेपालले कुनै पनि हालतमा हस्ताक्षर गर्न नहुने बताएका छन् । एसपीपी सम्झौताबारे भन्दै बाहिर आएको मस्यौदा नेपालको हितमा नरहेको रायमाझीको दाबी छ ।

‘एसपीपीको ऐतिहासिक पृष्ठभूमिको बारेमा अझै प्रष्ट र यथार्थ बाहिर आइसकेको छैन । अमेरिकाको प्रस्ताव हो कि नेपालको आफैँले प्रस्ताव गरेको हो ? को–को त्यहाँ संलग्न थिए भन्ने यथार्थ विवरण आएको छैन’, शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा बोल्दै नेता रायमाझीले भने, ‘प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय समितिले पनि सबै वास्तविकता माग गरेको छ ।

कुन तिथि, मिति र कसको पालामा कस्ता प्रस्ताव गएका थिए र कस्ता प्रस्ताव आएका थिए भन्नेबारे समितिले माग गरेको छ । सबै डिटेल आएपछि चर्चा र छलफल गर्न सक्छौँ । अहिले धारणा राख्नु अपुरो हुन्छ ।’

 नेता रायमाझीले अहिले एसपीपीबारे बाहिरिएको सम्झौताको मस्यौदा नेपालको हितमा नरहेको जिकिर गरे । उनले दलहरूले अब एकआपसमा हिलो छ्यापाछ्याप गर्न नहुने धारणा राखे ।

रायमाझीले भने,‘विश्वव्यापी रुपमा टक्कर भैरहेको छ, दुनियाँका मुलुकहरु विभाजित रुपमा गएका छन् । हामीले सन्तुलित विदेशी नीति अपनाउनुपर्छ । हामी कुनै देशतर्फ ढल्कनुहुँदैन् । घोषित नीतिभन्दा बाहिर जानुहुँदैन् । दलहरुले यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ । यो कुनै दल र सरकारको मात्रै कुरा होइन । हामी आफ्नो अन्तर्राष्ट्रिय नीतिबाट विचलित भयौं भने हाम्रो कारणले पनि विश्वयुद्ध निम्तिन सक्छ । यदि हामी आफ्नो नीति र अडानमा अडिग रह्यौं भने त्यो विश्वयुद्ध पनि रोक्न सकिन्छ । देश सानो वा ठूलो भएर हुँदैन् । नीतिमा अडान हुनुपर्छ ।’

कमेन्ट गर्नुहोस्