एमसीसी पास नगरेको भए नेपालको राजनीति जटिल अवस्थामा पुग्थ्यो : नेपाल

Share:

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास नगरेको भए नेपालको राजनीतिक निकै अप्ठेरो अवस्थामा पुग्ने बताएका छन् । युवा विशेष जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

‘जुन सन्दर्भमा एमसीसी आयो त्यसलाई हामीले बुद्धिमानिसाथ व्याख्यात्मक टिप्पणीसहित संसदबाट पारित नगरेको भए हाम्रो पार्टी र नेपालको राजनीति निकै अप्ठेरो अवस्थामा पुग्थ्यो,’ उनले भने, ‘हामीले जे गर्यौं, बुद्धिमानिका साथ गर्यौं, त्यसको हामीले उच्च मूल्याकंन गर्नुपर्छ।’

एमसीसीका प्रसंग उठेको बेलामा आफूहरुले प्रखर आवाज उठाएको उनले दाबी गरे। ‘त्यतिबेला पनि आवाज प्रखर भएर उठेको थियो, नेपाली नक्साका कुराहरु उठे त्यतिबेला पनि देशभक्तिको भावना बुलन्द भएर उठेको थियो,’ उनले भने, ‘अहिले एसपीपीको सन्दर्भमा आउँदा फेरि यो विषय नेपालको राजनीतिमा महत्वपूर्ण बनेको छ।’

कमेन्ट गर्नुहोस्