भक्तपुरका नगर प्रमुख प्रजापति बाढी प्रभावित क्षेत्रमा 

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/IMG_4278.JPG-768×512.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/IMG_4278.JPG.jpg 1024w” sizes=”(max-width: 450px) 100vw, 450px” />
केही दिनदेखि परेकाे अविरल वर्षाका कारण नगर क्षेत्रमा परेकाे असर बुझ्न भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले  प्रभावित क्षेत्रमा पुगेका छन् । भक्तपुर नगरपालिका वडा नम्बर ३ र  ४ का विभिन्न ठाउँमा उनले बुधबार निरीक्षण गरेका हुन् ।

अविरल वर्षाका कारण भक्तपुर नपाको हनुमन्त्ते खालामा आएको बाढीले नगरका विभिन्न ठाउँ डुबानमा परेका थिए ।

सोही अवसरमा उनले भक्तपुर नपा वडा नम्बर ३ स्थित बाराही पुल र पुलसँगै रहेको शारदा स्कुल, भनपा वडा नम्बर ४ राममन्दिरस्थित शान्ति निकेतनमा पसेको बाढीको निरीक्षण गरे । सो अवसरमा स्थानीय जनताले खोला साँघुरो भएको, बाराही पुल नजिकको माटो हटाउनु पर्ने र विद्यार्थी तथा सर्वसाधारण जनताको आवतजावतका लागि अस्थायी बाटो व्यवस्था गर्नुपर्ने लगायत आवश्यकताबारे नगर प्रमुखको ध्यानाकर्षण गराएका थिए । उनले जनताले गुनासोमाथि चासो लिँदै सक्दो चाँडो व्यवस्थाको लागि प्राविधिकहरुमार्फत कार्य अघि बढाउने विश्वास दिलाए ।

कमेन्ट गर्नुहोस्