स्वास्थ्य राज्यमन्त्री विमला वलीमाथि जाँचबुझ गर्न कार्यदल गठन

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/w-2-1024×524.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/w-2-768×393.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/w-2.jpg 1368w” sizes=”(max-width: 500px) 100vw, 500px” />

लुम्बिनी प्रदेशसभा सदस्य एवं स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीमाथि छानबिन गर्न आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको छ ।

जाँचबुझ समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन् । राज्यमन्त्री वलीले हिजो मंगलबार लुम्बिनी प्रदेशकै एक महिला र बालिकामाथि कुटपिट गरेको आरोप छ ।

उनले ती महिलाको घरमा गएर तोडफोडसमेत गरेको आरोप छ । उनीविरुद्ध किटानी जाहेरी परे पनि प्रहरीले दर्ता भने गरेको छैन । यही घटनाबारे सत्य तथ्य बुझ्नका कार्यदल बनाएको हो ।
कमेन्ट गर्नुहोस्