जिरीमा ताल निर्माणका लागि १५ करोड रुपैयाँ विनियोजन

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/Budget.jpg.jpg 716w” sizes=”(max-width: 500px) 100vw, 500px” />
बागमती प्रदेश सरकारले दोलखाको जिरीमा मानव निर्मित ताल निर्माणको लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रदेशसभामा आगामी आर्थिक वर्ष  २०७९/०८० को बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले दाेलखाकाे जिरीमा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न मानव निर्मित ताल निर्माण गरिने बताए । यसका लागि १५ कराेड रुपैयाँ बजेट विनियाेजन गरिएकाे उनकाे भनाइ छ ।

उनले आव २०७९/०८० लाई घुमफिर वर्षको रुपमा घोषणा गर्न बजेट छुट्याइएको बताए ।

कमेन्ट गर्नुहोस्