निजगढ अन्तर्राष्ट्रि विमानस्थल बनाउन सरकार प्रतिबद्ध : पर्यटनमन्त्री आले

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/prem-bahadur-ale-1-1024×576.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/prem-bahadur-ale-1-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/prem-bahadur-ale-1-1536×864.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/06/prem-bahadur-ale-1.jpg 1920w” sizes=”(max-width: 500px) 100vw, 500px” />

सर्वोच्च अदालतले निर्माण रोकेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकार प्रतिबद्ध रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आललेले बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बजेटमा उठेका विषयबारे जवाफ दिँदै मन्त्री आलेले त्रिभुवन विमानस्थलले आगामी दिनमा यात्रुको चाप थेग्न नसक्ने भएको निजगढको विकल्प नभएको बताए ।

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखको निजगढको पहिलो चरणको काम पूरा गर्न १ खर्ब २० अर्ब रुपैयाँ लाग्ने भन्दै उनले यस वर्ष राखिएको २६ करोड बजेट ज्यादै न्यून भएको उल्लेख गरे । अर्थ मन्त्रालयले बजेट थप गर्ने आशा समेत उनले व्यक्त गरे ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आयोजनाको विस्तृत डिजाइन बनिरहेको भन्दै उनले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा निर्माणको मोडालिटी बन्ने जानकारी समेत गराए । उनले जग्गा अधिग्रहणको काम सम्पन्न भइसकेको र आयोजनामा ३ अर्ब रुपैयाँ खर्च भइसकेको उल्लेख गरे । यो आयोजनासँग सम्बन्धित रहेर काठमाडौं मधेश द्रुतमार्गमा २ खर्ब रुपैयाँ खर्च भइसकेको समेत मन्त्री आलेले संसदमा जानकारी गराएका छन् ।

कमेन्ट गर्नुहोस्