स्थानीय तह प्रमुख र उपप्रमुखको मतदानबाट गठन हुने जिल्ला समन्वय समितिका लागि मुगुका चार स्थानीय तहहरूबाट चार प्रमुख र चार उपप्रमुखले मतदान गर्न पाउँछन् । कांग्रेसले छायाँनाथ रारा नगरपालिकामा नगरप्रमुख र उपप्रमुख, खत्याड गाउँपालिका र सोरु गाउँपालिकामा उपाध्यक्ष र मुगुम कार्मारोङ्ग गाउँपालिकामा अध्यक्ष जित हासिल गरेको छ ।
अन्य दलहरूमा माओवादी केन्द्रले खत्याड गाउँपालिका अध्यक्ष,नेकपा समाजवादीले सोरु गाउँपालिका अध्यक्ष र एमालेले मुगुम कार्मारोङ्ग गाउँपालिकामा उपाध्यक्ष जितेको छ । अन्य दलहरूका एक एक मतदाता हुँदै गर्दा कांग्रेसका एक्लै पाँच मतदाता भएका जिससमा कांग्रेसको एक्लै बहुमत आउने देखिएको हो । जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्यका लागि उम्मेदवार हुन पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरूले पाउँछन् भने मतदान गर्न पालिका प्रमुख र उपप्रमुखले मात्र पाउने कानुनी व्यवस्था छ ।