पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीनिकट विद्यार्थी संगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
अखिल क्रान्तिकारीले जनताको ढाड सेक्ने गरी गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रदर्शन गरेको हो । नेपाल आयल निगमले एक सातामा दुई पटक गरेर पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २० रुपैयाँ बढाएको छ ।
निगमले आइतबार रातिदेखि लागू हुने गरी पछिल्लोपटक इन्धनको मूल्य लिटरमा १० रुपैयाँ बढाएको हो । खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर दुई सय रुपैयाँ बढाइएको छ । एकैपटक इन्धनको मूल्यमा भारी वृद्धि भएपछि अखिल क्रान्तिकारी सडकमा निस्केको हो ।
कमेन्ट गर्नुहोस्