ब्यासकाे प्रमुखमा कांग्रेसका न्यौपाने निर्वाचित,उपप्रमुखमा दरै

94
0
Share:

तनहुँको व्यास नगरपालिकाका नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा वैकुण्ठ न्यौपाने र उपमेयरमा इन्दिरा दरै विजयी भएका हुन् ।

मेयरमा विजयी न्यौपानेले १२ हजार ७८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार ८ सय २६ मत प्राप्त गरे ।

यता उपप्रमुखमा कांग्रेसकै इन्दिरा दरैले १३ हजार ४ सय ९८ मत प्राप्त गरी विजयी भएकी छन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी वसुन्धरा घर्तीले १० हजार ४२ मत पाएकी छन् ।

व्यासको मेयरमा वैकुण्ठले दोस्रो पटक जित हासिल गरेका हुन् ।

कमेन्ट गर्नुहोस्