घाँस काट्न गएकी महिलालाई बाघले खायो

Share:

पश्चिम चितवनको बाटुली पोखरी सामुदायिक वनमा  घाँस काट्न गएकी महिलालाई बाघले खाएको छ । आज दिउँसो भरतपुर १३ बेलसारस्थित चितवन राष्ट्रिय निकुञ्जभित्र स्थानीय ६० वर्षकी चिजा सार्कीलाई झम्टेर बेपत्ता पारेको थियो ।

भरतपुर महानगरपालिका–१३ स्थित सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय ५२ वर्षीया फूलकुमारी बोटेको शव भेटिएको हो । उनलाई आज दिउँसो २ बजे बाघले आक्रमण गरेको थियो ।

बाघले आक्रमण गरेपछि सो क्षेत्रमा हात्ती प्रयोग गरेर उनको खोजी गरिएको थियो । हात्तीसहितको टोलीद्वारा बोटेको खोजीपछि साँझ वन क्षेत्रमा उनको शव फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्