जन्तीलाई ढिलो खाना आएपछि विवाह नै नगरी फर्किए दुलाहा

109
0
Share:

भारतको बिहारमा रहेको पूर्णिया जिल्लामा दुलहीको घरमा गएको जन्तीलाई खाना पस्किन ढिलो भएपछि रिसाएका दुलाहा विवाह समारोह छोडेर रित्तै घर फर्कीएका छन् । बतौना गाउँको ईश्वरी टोलामा राजकुमार उरावँ विवाहका लागि पुगेका थिए । जन्ती दुलहीको घर पुग्दा विभिन्न रीतिरिवाज गर्न थालियो ।

कर्मकाण्ड चल्दै गर्दा जन्तीलाई खाना खुवाउन ढिलाइ भएको थियो । त्यसले गर्दा दुलाहा, उनका पिता र साथीहरू रिसाए । विवाह नै नगरी दुलाहा फर्किए । दुलही पक्षले उनलाई फकाउन धेरै कोसिस गरेको भए पनि उनीहरू रोकिएनन् । दुवै पक्षबिच कुरा मिलाउनका लागि धेरै पटक वार्ता भयो तर कुरा झनै बिग्रियो ।

दुलाहाका पिताले ढिलो गरी खाना आएको रिसमा खानाको खर्च र बाइकसँगै दाइजोमा आएका अन्य कुरा पनि दुलही पक्षलाई फर्काइदिए । घटनापछि दुलहीकी आमाले कस्बा प्रहरी चौकीमा दुलाहा र उसका पिताविरुद्ध उजुरी दायर गरेकी छन् ।

उजुरी दर्ता भएपछि दुलाहाका पिताले बिहेमा भएको खर्च फर्काए । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्